२२ करोड ६६ लाख लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आव्हान « Arthapath.com
१६ कार्तिक २०७९, बुधबार

२२ करोड ६६ लाख लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आव्हान



काठमाडौं । नेपाल राष्ट्र बैंकले २२ करोड बढी रकम लगानी गर्ने भएको छ । बैंकले विभिन्न कोषहरुमा रहेको २२ करोड ६६ लाख रुपैयाँ लगानी गर्ने भएको हो ।

केन्द्रीय बैंकले ’क’ वर्गका वाणिज्य बैंकमा १८ करोड १४ लाख, ’ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा ३ करोड ३९ लाख र ’ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा १ करोड १३ लाख रुपैयाँ लगानी गर्ने भएको हो ।

उक्त लगानी रकम आउँदो २०७९ मंसिर २ गतेदेखि २०८० मंसिर गते ३६६ दिनको मुद्दति निक्षेपको रुपमा रहने बैंकले जनाएको छ ।

मुद्दति निक्षेपका रुपमा राख्न चाहाने बैंक तथा वित्तीय संस्थाहरुले रकम खुलाई कात्तिक २१ गतेदेखि २२ गते राती १२ बजेभित्र ब्याजदर प्रस्ताव पेश गर्नुपर्नेछ । ब्याजदर बैंकको इमेलमार्फत प्रस्ताव पेश गर्न सकिनेछ ।

Tags :

प्रतिक्रिया दिनुहोस्