नेपाल ई बिज म्यानेजमेन्टको भुक्तानी सेवा प्रदायक अनुमतिपत्र रद्द
काठमाडौं । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले ’नेपाल ई बिज म्यानेजमेन्ट प्राइभेट लिमिटेड’ लाई प्रदान गरेको भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र स्वत: रद्द भएको जनाएको छ ।
केन्द्रीय बैंकले एक सूचना जारी गर्दै विक्रम संवत् २०७७ फागुन १८ गते उक्त कम्पनीलाई दिइएको अनुमतिपत्र भुक्तानी तथा फस्र्योट ऐन, २०७५ को दफा १३(६) को व्यवस्थाबमोजिम स्वत: रद्द भएको जानकारी दिएको हो ।
यसका साथै, उक्त संस्थाले जारी गरेका भुक्तानी उपकरणहरू प्रयोग गर्ने ग्राहकहरूको कम्पनीसँग कुनै लेनदेन बाँकी रहेको भए सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्न समेत राष्ट्र बैंकले अनुरोध गरेको छ ।













