७ वाणिज्य बैंकमा कसको कर्जा र डिपोजिटको व्याज कति, सबैभन्दा सस्तो कर्जा राष्ट्रिय वाणिज्य बैंकले दिनसक्ने « Arthapath.com
३१ भाद्र २०७७, बुधबार

७ वाणिज्य बैंकमा कसको कर्जा र डिपोजिटको व्याज कति, सबैभन्दा सस्तो कर्जा राष्ट्रिय वाणिज्य बैंकले दिनसक्ने



काठमाडौं । ७ वटा वाणिज्य बैंकहरुले निक्षेप र कर्जाको व्याजदर सार्वजनिक गरेका छन । बुधबार राष्ट्रिय वाणिज्य बैंक, एनसिसि बैंक, सनराइज बैंक, हिमालयन बैंक, नेपाल एसबीआई बैंक, एभेरेष्ट बैंक र स्टाण्डर्ड चार्टड बैंकले निक्षेप र कर्जाको ब्याजदर सार्वजनिक गरेका छन् । यी ७ बैंकको कर्जार निक्षेपको व्याजदर यस्तो रहेको छ ।

राष्ट्रिय वाणिज्य बैंक
सरकारको सतप्रतिसत लगानी रहेको राष्ट्रिय वाणिज्य बैंकले साधारण निक्षेपमा ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । वाणिज्य बैंकले फिक्स डिपोजिटमा भने व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशतदेखि अधिकतम ७.२५ प्रतिशतसम्म व्याज दिने जनाएको छ । कर्जातर्फ भने बैंकले बेस रेटमा न्युनतम १.२५ प्रतिशतदेखि अधिकतम ३.२५ प्रतिशत लिने जनाएको छ । बैंकको असार मसान्तमा बेस रेट ५.८० प्रतिशत रहेको छ । यसरी हेर्दा वाणिज्य बैंकका ग्राहाकले अधिकतम ९.०५ प्रतिसत र न्युनतम ७.०५ सम्ममा कर्जा पाउनेछन ।

एभरेष्ट बैंक
ज्वाइन भेन्चर बैंक एभरेष्ट बैंकले साधारण निक्षेपमा २.५० प्रतिशतदेखि ४.५० प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेको छ । एभरेष्टले मुद्धति निक्षेपमा ५.५० प्रतिशतदेखि ७.२५ प्रतिशतसम्म व्याज दिने जनाएको छ । कर्जाको ब्याजदर भने बेस रेटमा २ देखि ५ प्रतिशतसम्म थप व्याज लिनसक्ने जनाएको छ । एभरेष्ट बैंकको बेस रेट साउन मसान्तसम्म ७.४८ प्रतिशत रहेको छ । यसरी हेर्दा ग्राहाकले एभरेष्ट बैंकबाट कर्जा लिँदा अधिकतम १२.४८ प्रतिसत व्याज तिर्नुपर्नेछ भने न्युनतम ९.४८ प्रतिसत पर्नेछ ।

हिमालयन बैंक
हिमालयन बैंकले साधारण निक्षेपमा २ प्रतिशतदेखि ५ प्रतिशतसम्म र मुद्धति निक्षेपमा ३ प्रतिशतदेखि ७.२५ प्रतिशतसम्म दिने जनाएको छ ।

एनसीसी बैंक
एनसीसी बैंकले साधारण निक्षेपमा ५ प्रतिशतसम्म र मुद्धति निक्षेपमा ८.२५ प्रतिशतसम्म व्याज दिने जनाएको छ । कर्जा भने बेसरेटमा २ देखि ५ प्रतितशसम्म थप लिने जनाएको छ । एनसीसी बैंकको असार मसान्त्सम्म ९.०३ प्रतिशत बेस रेट रहेको छ । यसरी हेर्दा एनसिसि बैंकका ग्राहाकले कर्जा लिँदा न्युनतम ११.०३ देखी अधिकतम १४.०३ सम्म व्याज तिर्नुपर्नेछ ।

सनराइज बैंक
सनराइज बैंकले साधारण निक्षेपमा २.५० प्रतिशतदेखि ४.५० प्रतिशतसम्म र मुद्धति निक्षेपमा ७.७५ प्रतिशतसम्म ब्याजदर दिने जनाएको छ । सनराइज बैंकको वेसरेट ८.९५ प्रतिसत रहेको छ । बैंकले यसमा अधिकतम ५ प्रतिसतसम्म थपेर कर्जा दिन सक्नेछ । यसरी हेर्दा सनराइज बैंकबाट कर्जा लिने ग्राहाकले अधिकतम १४.९५ प्रतिसतसम्म व्याज तिर्नुपर्नेछ ।

स्टाण्डर्ड चार्टर्ड बैंक
विदेशी साझेदार स्टाण्डर्ड चार्टर्ड बैंकले साधारण निक्षेपमा ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म र मुद्धति निक्षेपमा अधिकतम ६.७५ प्रतिशतसम्म ब्याजदर दिने जनाएको छ । स्टाण्डर्ड चार्टर्ड बैंकले कर्जातर्फ भने स्टाण्डर्ड चार्टड बैंकको ७ प्रतिसत वेसरेट रहेको छ । २ प्रतिशतदेखि ७.२५ प्रतिशतसम्म थप लिने बताएको छ । स्टाण्डर्ड चार्टर्ड बैंकका ग्राहाकले कर्जा लिँदा ९ देखी १४.२५ प्रतिसतसम्म व्याजदर लिनेछ ।

नेपाल एसबीआई बैंक
नेपाल एसबीआई बैंकको साधारण निक्षेप ५ प्रतिसत रहेको छ भने मुद्धति निक्षेपमा ७.२५ प्रतिसतसम्म व्याजदिने बताएको छ । एसबीआई बैंकले बेस रेटमा १.५ देखि ५ प्रतिशतसम्म थपेर लिन सक्नेछ ।


प्रतिक्रिया दिनुहोस्