पर्यटन क्षेत्रले गुणात्मक फड्को मार्छ : मन्त्री भट्टराइ « Arthapath.com
११ आश्विन २०७७, आईतवार

पर्यटन क्षेत्रले गुणात्मक फड्को मार्छ : मन्त्री भट्टराइ



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालको पर्यटन क्षेत्रले अब गुणात्मक फड्को मार्ने विश्वास व्यक्त गरेका छन् ।

आज विश्व पर्यटन दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै भट्टराईले सुरक्षाका मापदण्ड अपनाउँदै पुनरुत्थानका कार्यक्रम गर्न अपिलसमेत गरेका छन् । उनको शुभकामना सन्देशमा लेखिएको छ, ‘हरेक कालो बादलको क्षितिजमा चाँदीको घेरा हुन्छ भनेझैं निकट भविष्यमा नै यो महाव्याधी नियन्त्रणमा आउने छ, नेपालको पर्यटन क्षेत्रले गुणात्मक फड्को मार्ने छ र हाम्रा तत्कालीन एवं दीर्घकालीन लक्ष्यहरु हासिल हुनेछन् भन्ने विश्वासका साथ हामीले आन्तरिक तयारीलाई तीव्रता दिनुपर्ने हुन्छ ।’


प्रतिक्रिया दिनुहोस्