३१ किमि पथलैया–वीरगंज व्यापारिक मार्ग निर्माणको म्याद सकियो, काम ६५ प्रतिशत मात्र « Arthapath.com
११ कार्तिक २०७७, मंगलवार

३१ किमि पथलैया–वीरगंज व्यापारिक मार्ग निर्माणको म्याद सकियो, काम ६५ प्रतिशत मात्र



कातिक । पथलैया–वीरगंज व्यापारिक मार्ग निर्माणका विभिन्न सात वटा प्याकेजममा काम भइ रहेको छ । कुल ३१ किलोमिटर लम्बाइको उक्त सडक निर्माणका लागि ठेक्का लगाइएका सातवटा योजना मध्ये छ वटा योजनाको म्याद समाप्त भएको छ तर हालसम्म जम्मा ६५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । सा सडक निर्माण कार्य निमा२०७३ असार २९ गतेदेखि शुरु भएको थियो ।

दुई वर्षमा निर्माण कार्य सम्पन्न हुने योजना अन्तर्गत पथलैयादेखि सुक्खा बन्दरगाहसम्म करिब ३१ किलोमिटर सडक कालोपत्र तथा १० वटा पुल र एउटा कल्र्भट निर्माण गर्नुपर्ने थियो । समग्रमा भन्दा अहिलेसम्म सात वटा योजना मध्ये छ वटा योजनाको म्याद समाप्त भई सकेको छ । एउटाको भने असारमा समाप्त हुँदैछ ।

सात वटा ठेकेदार कम्पनीले पथलैयादेखि सुक्खा बन्दरगाहसम्मको क्षेत्रमा कालोपत्र निर्माणको जिम्मा लिएका छन् । जसमा परवानीपुरदेखि गण्डक नहरसम्म ३।९२ किलोमिटरमा ५५ प्रतिशत, गण्डक नहरदेखि हरपतगंज चोकसम्म ३।५० किमिमा ८५ प्रतिशत र हरतपतगंज चोकदेखि सुक्खा बन्दरगाहसम्म ३।५० किमिमा ४५ प्रतिशत काम सकिएको व्यापारिक मार्ग वीरगंज–पथलैया आयोजना प्रमुख सञ्जय मिश्रले बताउनुभयो ।

यसैगरी पथलैया चोकदेखि सूर्य नेपालसम्म ४।५६ किलोमिटरमा ८६ प्रतिशत, सूर्य नेपालदेखि आर्मी क्याम्पसम्म ५।८० किमिमा ४१ प्रतिशत र आर्मी क्याम्पदेखि परवानीपुरसम्म ९० प्रतिशत काम सम्पन्न भएको उहाँले बताउनुभयो । त्यसैगरी परवानीपुरदेखि गण्डक चोकसम्म ४।२४ किमिमध्ये ४२ प्रतिशत काम सम्पन्न भएको छ, समग्रमा सडक निर्माणको ६३ प्रतिशत काम सकिएको आयोजना प्रमुख मिश्रले जानकारी दिनुभयो ।

यस्तै व्यापारिक मार्ग विस्तार सडक खण्डमा रहेका पुल, कल्भर्टहरुको निर्माण कार्य पनि उत्साहप्रद छैन् । अहिलेसम्म कार्य प्रगति हेर्दा ५५ प्रतिशत मात्र काम भएको छ । ललका खोला जीतपुर पुलको काम ६५ प्रतिशत, सिर्सिया खोला परवानीपुरको ६४ प्रतिशत, सिर्सिया–परवानीपुर–सुक्खा बन्दरगाह सडक खण्डको पुल ५९ प्रतिशत, पथलैया चोकदेखि परवानीपुर चोक सुक्खा बन्दरगाहसम्मको नाला, कभर स्ट्रिट लाइटको काम ५८ प्रतिशत भएको व्यापारिक मार्ग वीरगंज–पथलैया आयोजनाका ईन्जिनियर बिजय झाले बताउनुभयो ।

यसैगरी बक्स कल्भर्टको काम २५ प्रतिशत मात्र भएको छ । पाँच अर्ब ६४ करोड ४० लाख रुपियाँ बजेटमध्ये गत असारसम्म ठेकेदार कम्पनीले तीन अर्ब २९ करोड ३५ लाख रुपियाँ भुक्तानी लिइसकेका छन् । समग्रमा आयोजनाको कालोपत्र सडक, पुल, कल्भर्ट निर्माणको काममा ठेकेदार कम्पनीले ५८ प्रतिशत रकम बुझिसकेका वीरगंज–पथलैया आयोजनाका अर्का ईन्जिनियर सम्पतलाल दासले जानकारी दिनुभयो ।

गतवर्ष नै कार्य सम्पन्न भइसक्नुपर्ने यो योजनाको काम पटकपटक म्याद थप भएर यसपटक असार मसान्तसम्मको अन्तिम म्याद दिइएको थियो तर, लकडाउनको कारण देखाउँदै पुनः म्याद थपको प्रयास भएको छ । अन्तिम पटकको लागि पुनः एकपटक म्याद थप गर्न आयोजना कार्यालयबाट बिभागमा सिफारिस भएको ईन्जिनियर दासले बताउनु भयो । गोरखापत्र अनलाईनबाट


प्रतिक्रिया दिनुहोस्