कोरोना संक्रमितको संख्या बढेसँगै नेप्सेको ओरालो यात्रा शुरु, नेप्से परिसूचक सँगै कारोबार रकम पनि घट्यो « Arthapath.com
६ बैशाख २०७८, सोमबार

कोरोना संक्रमितको संख्या बढेसँगै नेप्सेको ओरालो यात्रा शुरु, नेप्से परिसूचक सँगै कारोबार रकम पनि घट्यो



काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा राताम्य छाएको छ । सोमबार हाइड्रो पावर र फाइनान्स समूह बाहेक सबै समूहमा राताम्य छाएको हो । पछिल्लो समय राजनीतिक गतिविधि र तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिने समयले गर्दा नेप्सेमा प्रभाव परेको हो । पछिल्लो समय प्रदेश सभामा मूख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता लगायतका राजनीतिक घट्नाले राष्ट्रिय राजनीतिमा नै प्रभाव परेकाले त्यसको असर नेप्सेमा परेको विश्लेषकहरुले बताएका छन् ।

त्यस्तै, कोरोना भाइरसको बढ्दो क्रमले पनि नेप्सेलाई प्रभाव पारेको बताइएको छ । दैनिक रुपमा कोरोना संक्रमितको संख्या बढिरहेकाले सरकारले लकडाउन गर्ने सम्भावना छ । यसको असर नेप्सेमा परेको हो ।

केही कम्पनीको त्रैमासको वित्तीय विरण सार्वजनिक भएको र केही कम्पनीको सार्वजनिक हुन बाँकि रहेकाले नेप्सेमा प्रभाव परेको जानकारहरु बताउँछन् । सोमबार ३७.५८ अंकले नेप्से घटेर २६६१.९३ अंकमा बन्द भएको छ । सोमबार दिनभरिमा २१३ कम्पनीको १ करोड ४१ लाख ९० हजार सेयर कित्ता किनबेच हुँदा ६ अर्ब ७५ करोड ९४ लाख ५९ हजार रुपैयाँको कारोबार भएको छ ।

सोमबार बैंकिङ ३४.८५, ट्रेडिङ १०७.९, होटेल तथा पर्यटन समूहको २४०.८३, विकास बैंक ५६.८, निर्जीवन बीमा २३९.१३, म्यानु एण्ड प्रो.४१.७, अन्य २६.७२, माईक्रोफाइनान्स ६२.७, जीवन बीमा १२९.७७, म्युचुअल फण्ड ०.०९ र इन्भेष्टमेन्ट ०.५८ अंकले घटेको छ । त्यस्तै, हाइड्रो पावर ३.१८ र फाइनान्स समूह ६.१७ अंकले बढेको छ ।


प्रतिक्रिया दिनुहोस्