गुडविल फाइनान्सको नाफासँगै प्रतिशेयर आम्दानी « Arthapath.com
९ माघ २०७८, आईतवार

गुडविल फाइनान्सको नाफासँगै प्रतिशेयर आम्दानी



काठमाडौं । गुडविल फाइनान्स लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ४२.७१ प्रतिशत बढेर ७ करोड ९१ लाख ९१ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा फाइनान्सले ५ करोड ५४ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी १३८.३५ प्रतिशत बढेर १९ करोड ५५ लाखख४४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा फाइनान्सले ८ करोड २० लाख ४२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा फाइनान्सको खुद फि तथा कमिशन आम्दानी १६.८८ प्रतिशत घटेर ४ करोड ३१ लाख ६८ हजार रुपैयाँ, सञ्चालन मुनाफा ४२.२२ प्रतिशत बढेर ११ करोड १५ लाख ९६ हजार रुपैयाँ र वितरणयोग्य मुनाफा ८५ लाख २३ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको पौष मसान्तसम्ममा ३ करोड ३६ लाख रुपैयाँ रहेको फाइनान्सको इम्पेरमेन्ट चार्ज चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३ करोड ६१ लाख रुपैयाँ रहेको छ ।

फाइनान्सको चुक्ता पूँजी ९.१० प्रतिशत बढेर ९४ करोड ६१ लाख १५ हजार रुपैयाँ, जगेडा कोष ७.०२ प्रतिशत बढेर ९६ करोड ८४ लाख ७ हजार रुपैयाँ, निक्षेप ३.०२ प्रतिशत बढेर १० अर्ब ३८ करोड ५८ लाख ११ हजार रुपैयाँ र कर्जा ८.६५ प्रतिशत बढेर ८ अर्ब ७ करोड ५७ लाख रुपैयाँ रहेको छ ।

फाइनान्सको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ९४ पैसाँ बढेर १६ रुपैयाँ ७४ पैसा पुगेको छ । गत आर्थिक बर्षको सोही अवधिमा फाइनान्सको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ८० पैसा रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्