थप दुई बैंकसहित ९ वटा कम्पनीले गरे लाभांश घोषणा, कुनको बोनस र नगद कति ? « Arthapath.com
७ आश्विन २०७९, शुक्रबार

थप दुई बैंकसहित ९ वटा कम्पनीले गरे लाभांश घोषणा, कुनको बोनस र नगद कति ?



काठमाडौं । लाभांश सिजन सुरु भएको छ । कम्पनीहरुले आफ्ना सेयरधनीहरुलाई धमाधम लाभांश घोषणा गरिरहेका छन् ।
हालसम्म दुई बैंकसहित ९ वटा कम्पनीहरुले लाभांश घोषणा गरेका छन् ।

हालसम्म सिटिजन्स बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल ल्यूब आयाल, अरुण काबेली पावर, सानिमा माइ हाइड्रोपावर, गुराँस लाइफ इन्स्योरेन्स, एशियन लाइफ, नेशनल लाइफ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेका हुन् । यो बाहेक १० म्युचुअल फण्डले पनि आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ ।

अधिकांश कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेका छन् भने केहीले अघिल्लो आवको लाभांश प्रस्ताव गरेका छन् ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई नगद लाभांश मात्रै वितरण गर्न लागेको हो । बैंकको बिहीबार अर्थात असोज ६ गते बसेको संचालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई बोनस सेयर नदिने भएको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई कर सहित ४.२१०५ प्रतिशत मात्र नगद लाभांश दिनएको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।


यस्तै, सिटिजन्स बैंकले सेयरधनीलाई ९ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई सो लाभांश दिने प्रस्ताव गरेको हो । बैंकको असोज ६ गते बिहीबार बसेको ४०३ औँ सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीलाई ९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि दिने बैंकले जनाएको छ ।

यता, अरुण काबेली पावर कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ ।

कम्पनी सञ्चालक समितिको असोज २ गते बसेको बैठकले आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर (कर प्रयोजन बाहेक) दिने भएको हो । कम्पनीका अनुसार नगद लाभांश कर प्रयोजनका लागि मात्र हुने जनाएको छ ।उक्त लाभांश विद्युत नियमन आयोगको स्वीकृति भई कम्पनीको आगामी १२ औँ वार्षिक साधारणसभाले वितरण हुनेछ ।

नेपाल ल्युब आयलले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितीको बैठकले ३० प्रतिशत बोनश सेयर र ५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई कूल ३५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

सानिमा माइ हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई ५.२६ प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने भएको हो । कम्पनीले लगानीकर्तालाई बोनस सेयर नदिने भएको हो ।

यस्तै, गुराँस लाइफ इन्स्योरेन्स आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई ७.८३ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई ७.४४ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.३९ प्रतिशत नगद लाभांश दिने भएको हो । उक्त प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत प्राप्त भई कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आव २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई १५.२६ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले १४.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिन लागेको हो । उक्त प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत प्राप्त भई कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

नेशनल लाइफ इन्स्योसेन्सले आव २०७७/७८ को मुनाफाबाट १५.७८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस १५ प्रतिशत र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत प्राप्त भई कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आव २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाइ १५.७८९५ प्रतिशत नगद लाभांश र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत लाभांश मात्रै वितरण गर्ने भएको हो । कम्पनीले बोनस सेयर भने वितरण गर्ने भएको छ । उक्त प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत प्राप्त भई कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

Tags :

प्रतिक्रिया दिनुहोस्