फागुनमा निक्षेपको ब्याजदर यथावत राख्ने बैंकर्स संघको निर्णय « Arthapath.com
२६ माघ २०७९, बिहीबार

फागुनमा निक्षेपको ब्याजदर यथावत राख्ने बैंकर्स संघको निर्णय



काठमाडौं । आगामी फागुन महिनामा निक्षेपको ब्याजदर नबढ्ने भएको छ । नेपालप बैंकर्स संघको बिहीवार बसेको बैठकले फागुन निक्षेपको ब्याजदर यथावत राख्ने निर्णय गरेको हो ।

अब माघ महिनाकै ब्याजदर आगामी फागुनमा पनि लागू हुने भएको छ । बैंकर्स संघका अनुसार पछिल्लो समय निक्षेप सुधारोन्मुख भएकाले नै ब्याजदर यथावत राख्ने भएको बताइएको छ । यद्यपि, मौदिक नीतिको समिक्षामा ब्याजर घटाए आगामी फागुनमा पनि घट्न सक्ने बैंकर्स संघका एक सदस्यले बताए ।

हाल व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर ९ प्रतिशत, बचतको न्यूनतम ब्याजदर ६ प्रतिशत र रेमिट्यान्स निक्षेपमा भने न्यूनतम १ प्रतिशत थप ब्याजदर दिनुपर्ने व्यवस्था छ ।


प्रतिक्रिया दिनुहोस्