बढ्यो डलर सटही तथा विदेशी मुद्राको कारोबार सिमा, अब ५ हजार डलरसम्म साट्न सकिने « Arthapath.com
१८ बैशाख २०८०, सोमबार

बढ्यो डलर सटही तथा विदेशी मुद्राको कारोबार सिमा, अब ५ हजार डलरसम्म साट्न सकिने



काठमाडौं । नेपाल राष्ट्र बैंकले बिभिन्न शिर्षकमा दिने डलर सटही तथा विदेशी मुद्राको कारोबार सिमा बढाएको छ । हालै एकीकृत निर्देशन जारी गर्दै वैदेशिक अध्ययन, वैदेशिक भ्रमण लगायतका शिर्षकमा दिइने डलर सटही सिमा बढाएको हो ।

निर्देशनअनुसार अब नेपाली नागरिकले ५ हजार अमेरिकी डलर बराबरको विदेशी मुद्राको काराबोर (सटही) गर्न सक्नेछ । यसअघि यसको सिमा ५०० डलर मात्रै थियो । तर, अब भन्सार प्रमाणको आधारमा ५ हजार डलरसम्मको डलर सटही सुविधा दिने व्यवस्था गरिएको छ ।

यद्यपि, विदेशी इष्टमित्र र ग्राहकबाट उपहार तथा टिप्स बापत प्राप्त हुने विदेशी मुद्राको कारोबार सिमा भने ५०० डलरमै सिमित राखिएको छ ।

यस्तो छ राष्ट्रद्वारा संशोधन गरेको एकीकृत परिपत्र


प्रतिक्रिया दिनुहोस्