एमडीएमएसमा भ्रष्टाचारः दुरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष झा र खनालसहित २० जनाविरुद्ध मुद्दा « Arthapath.com
१५ चैत्र २०८०, बिहीबार

एमडीएमएसमा भ्रष्टाचारः दुरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष झा र खनालसहित २० जनाविरुद्ध मुद्दा



काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ( एमडीएमएस) खरदिमा अनियमतिता गरेको अभियोगमा अख्तियार अनुसन्धान आयोगले २० जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले नेपाल दुरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष पुरुषोत्तम खनाल, दिगम्बर झासहित २० जना विरुद्ध बिही विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनीहरु विरुद्ध करिब एक अर्बको बिगो दावीसहित मुद्दा दायर भएको छ ।

एमडीएमएस प्रणाली खरिद प्रकरणमा अख्तियारले प्राधिकरणका निर्देशक/वरिष्ठ निर्देशक आनन्द राज खनाल, उपनिर्देशक/निर्देशक मिनप्रसाद अर्याल, सहायक निर्देशक/उपनिर्देशक विनोदचन्द्र श्रेष्ठ, निर्देशक दिपेश आचार्य, उपनिर्देशक सुरेन्द्रलाल हाडा, सहायक निर्देशक/उपनिर्देशक रेवतीराम पन्थलाई प्रतिवादी बनाएर विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

सहायक निर्देशक/उपनिर्देशक संदिप अधिकारी, सहायक निर्देशक/उपनिर्देशक सूर्य प्रसाद लामिछाने, उपनिर्देशक अच्युता नन्द मिश्र, सहायक निर्देशक विजय कुमार राय यादव, सहायक निर्देशक प्रतिक्षा पौडेल, सहायक निर्देशक निराजन कोइराला पनि अनियमिततामा संलग्न भएको भन्दै आरोपपत्र दायर गरेको छ ।

एमडीएमएस खरिद कार्य गर्दा पुष्टयाइँको आधार बिना बदनियतपूर्ण ढंङ्गले अस्वभाविक बढी काम/लागत देखाई उक्त लागत अनुमान र बोलपत्र स्वीकृत नगराई एक्सप्रेसन अफ इन्ट्रेस्ट जारी गरेको अख्तियारले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्