प्रभू बैंककाे वितरणयोग्य नाफा साढे २ अर्ब « Arthapath.com
७ बैशाख २०८१, शुक्रबार

प्रभू बैंककाे वितरणयोग्य नाफा साढे २ अर्ब



काठमाडौं । प्रभू बैंकले पौने दुई अर्ब खुद नाफा कमाएको छ । बैंकले शुक्रबार प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा बैंकले १ अर्ब ८१ करोड २४ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । तर, यो नाफा गत आवको चैत मसान्तसम्मको तुलनामा भने ७.२७ प्रतिशत कमी हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ९५ करोड ४६ लाख २५ हजार रुपैयाँ नाफा कमाएको थियो ।

नाफा घटेपनि बैंकको खुद ब्याज आम्दानी, संचालन नाफा भने बढेको छ । समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २६.३२ प्रतिशत बढेर ८ अर्ब ४३ करोड ९६ लाख ८४ हजार रुपैयाँ कायम भएको छ।

यस्तै, बैंकको संचालन नाफा भने ३१.३८ प्रतिशत वृद्धि भई ३ अर्ब ५७ करोड २७ लाख ५५ हजार रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा भने २ अर्ब ४० करोड २९ लाख रुपैयाँ कायम पुगेको छ।

हाल बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ छ । बैंकले जगेडा कोषमा भने ९ अर्ब ८६ करोड २७ लाख रुपैयाँ राखेको छ । तेस्रो त्रैमासमा बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँ २६ पैसा र प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ ६ पैसा कायम भएको छ ।

समिक्षा अवधिमा बैंकले २ खर्ब ७८ अर्ब ३३ करोड ४८ लाख रुपैयाँ निक्षेप संकलन गरि २ खर्ब २९ अर्ब ९० करोड १४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । हाल बैंकसँग ४.८१ प्रतिशत खराब कर्जा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्