नेपालमा ७८ पुरुष र ३१ महिला कोरोना संक्रमित, ३१ जना निको भए « Arthapath.com
२७ बैशाख २०७७, शनिबार

नेपालमा ७८ पुरुष र ३१ महिला कोरोना संक्रमित, ३१ जना निको भए



काठमाडौं । नेपालमा ७८ पुरुष र ३१ महिला गरि कोरोना संक्रमितको संख्या १०९ पुगेको छ। जसमा संक्रमितमध्ये ३१ जना निको भएर डिस्चार्ज भएका छन्। ७८ जनाको विभिन्न अस्पतालमा उपचार भइराखेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ सात जनामा कोरोना पुष्टि भएको हो।

मन्त्रालयका अनुसार प्रदेश १ मा ३४, प्रदेश २ मा ३१, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा २ र प्रदेश नम्बर ५ मा ३० र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित हुन्।

शनिबार रिपोर्ट पोजिटिभ देखिएका सातजना उदयपुर, कपिलवस्तु र पर्साका हुन्। उदयपुर भुल्के निवासी १८, ४५ र ५६ वर्षीया महिला र कपिलवस्तुका १७ वर्षका एक, १८ वर्षका दुई पुरुषसँगै पर्साको छपकैयाका ६२ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको हो। उनीहरुको स्वास्थ्य अवस्था सामान्य भएको र अहिले स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ।

शनिबारसम्म पीसीआर १६ हजार तीन सय ९ जनाको नमुना परीक्षण भएको छ भने आरडीटी विधिबाट ५५ हजार ९ सय ३० जनाको नमुना परीक्षण भएको छ। अहिले १४ हजार पाँच सय ९२ क्वारेन्टाइनमा छन् भने उपत्यकामा दुई र बाहिर १४१ गरेर आइसोलेसनमा १४३ जना छन्।


प्रतिक्रिया दिनुहोस्