कस्तो छ नयाँ वर्ष २०८१ साल ? « Arthapath.com
३० चैत्र २०८०, शुक्रबार

कस्तो छ नयाँ वर्ष २०८१ साल ?



आचार्य वासुदेव उपाध्याय नेपाल

अथ वत्सरारम्भनिर्णयस्तिथिनिर्णयश्च
‘तत्र चैत्रशुक्लप्रतिपदि वत्सरारम्भ ः –
तत्रौदयिकी प्रतिपद् ग्राह्या ।’ (धर्मसिन्धु ः, सुधा पृ – ७४, ध. सि. हेम. पृ–७७)

चैत्रशुक्ल प्रतिपदादेखि चान्द्रमानले संवत्सरारम्भ नववर्षारम्भ हुन्छ । त्यसका लागि सूर्याेदयकालमा रहने प्रतिपदालाई लिनुपर्दछ ।‘चैत्रे सितप्रतिपदि यो वारो क्र्काेदये सवर्षेशः’ ज्योतिर्निबन्धको यो वचनअनुसार चैत्रशुक्ल प्रतिपदामा जुन बार सूर्याेदय हुन्छ, वर्षेश अर्थात् वर्षको राजा त्यही ग्रह हुन्छ ।

०८० साल चैत २७ गते मंगलबार चैत्रशुक्ल प्रतिपदा पर्ने हुँदा त्यसै प्रतिपदाबाट कालयुक्त नामको नयाँ संवत्सरको प्रारम्भ हुन्छ । यस वर्षको वर्षेश राजा भौम हुने भएकाले पञ्चाङ्गमा (पात्रोमा) राजा भौम लेखेर पञ्चाङ्ग प्रकाशन भइसकेको छ । यस दिन प्रतिपदा ४१ ऋङ्क नौ घडीको छ । चैतमा मलमास पर्न गयो भने वर्षका आदिमा गर्नुपर्ने तैलाभ्यङ्गको काम (तेल मालिस गर्ने काम) र सङ्कल्पमा नयाँ संवत्सरको उच्चारण गर्ने काम मलमासका प्रतिपदामा नै गर्नुपर्दछ ।

‘प्रतिगृहं ध्वजारोपणं, निम्बपत्रप्राशनं, वत्सरादिफलश्रवणं, नवरात्रारम्भो
नवरात्रोत्सवादिनिमित्ताभ्यङ्गादिश्च शुद्धमास प्रतिपदि कार्यः ।’ धड्डसिड्ड हेमड्ड– ७७

नयाँ संवत्सर आरम्भका बेला प्रत्येक घरमा ध्वजा राख्ने, निमका पात खाने, वर्षफल आदि सुन्ने, नवरात्रको आरम्भ गर्ने र नवरात्रसम्बन्धी उत्सव आदिका उपलक्ष्यमा मालिस, बुकुवा इत्यादिको प्रयोग गर्नेजस्ता काम भने शुद्ध चैत्रशुक्ल प्रतिपदामा गर्नुपर्दछ । मयुखमा नयाँ वर्षको आरम्भका उपलक्षमा गर्नुपर्ने तेल मालिस पनि शुद्ध चैत्रशुक्लको प्रतिपदा तिथिमा नै गर्नुपर्छ भनिएको छ । संवत्सरारम्भमा तेल मालिस गर्ने कामलाई नित्य कर्मका रूपमा लिइन्छ ।

‘अकरणे प्रत्यवायोक्ते ।’ धड्ड सिड्ड सुधा–७४, धड्ड सिड्डहेमड्ड–७७

नगर्दा दोष लाग्ने कुरा बताइएको हुनाले नित्य हो । यो भयो चान्द्रमानअनुसारको वत्सरारम्भ । अब सौरमानले विक्रम सम्वत्अनुसारको वत्सरारम्भ भने वैशाख सङ्क्रान्तिका दिनदेखि मान्ने हाम्रो परम्परा छ । नववर्षका उपलक्ष्यमा परस्पर शुभकामना आदान–प्रदान गरी यसलाई ठूलो उत्सवका साथ नववर्ष मनाउने परम्परा छ । यस दिन भक्तपुरमा विश्वध्वज पातन गरी बिस्केट यात्रा प्रारम्भ गर्ने परम्परा पनि छ । यस वर्ष षष्ठी संवत्सरमध्ये बार्हस्पत्यमानले अनलनाम नाम संवत्सर समाप्त भएर कालयुक्त नाम संवत्सर प्रवेश भएको छ । यसपछि सौरमानले भुक्त भोग्य मासादि कटाउँदा सिद्धार्थी नाम संवत्सरको आगमन हुनेछ ।

‘वत्सरे कालयुक्ताख्ये सुखिनः सर्वजन्तवः ।
ततोक्पी सन्ति सस्यानि प्रचुराणि तथा गदाः ।।
सिद्धार्थीवत्सरे भूपाः शान्तवैरास्तथा प्रजाः ।।
सकला वसुधा भाति बहुसस्यार्घबृष्टिभिः ।।’

यस संवत्सरमा वृष्टिको स्थिति राम्रो रहनेछ । त्यसैले अन्नादिको उत्पादन पनि राम्रै खालको हुनेछ । कालयुक्तसंवत्सरका प्रभावसँगै अग्निको भय हुनेछ । शक्तिशाली राज्यले कमजोर राज्यमा प्रभाव बढाउनेछन् । वृहस्पतिका कारण अग्निभय शस्त्रास्त्रको भय अनिकाल आदि हुनेछ । विभिन्न रोगादिबाट जनता पीडित हुनेछन् । शनिको मन्त्रित्वका कारण राज्यका अधिकारी क्रूर हुनेछन् । समग्रमा यस संवत्सरका कारण यस वर्ष राज्यमा अनुकूलता र प्रतिकूलताको प्रभाव विचार गर्दा मध्यम स्थिति रहने देखिन्छ । वैशाख महिनामा सङ्क्रान्ति शनिबार परेको छ । अशुभ फलदायी सङ्क्रान्तिको बारका कारण उत्पादित सबै वस्तुको नोक्सानी बढ्ने छ । धान्यादि वस्तु महँगा हुनेछन् । विभिन्न रोगका कारण जनता दुःखी बन्नेछन् । पश्चिमी क्षेत्रमा अशान्ति बढ्नेछ । राजनीतिक क्षेत्रमा उतार–चढावको स्थिति देखापर्नेछ । तापमनन बढ्नाले कष्टकर रहनेछ । पशुचौपायमा रोगका कारण हानि पुग्नेछ । आँधी, हुरी र अग्नि भय बढ्नेछ, आँधी–हुरीसहित वर्षाका कारले कतैकतै क्षति पुग्नेछ । जे–जस्तो परिस्थितिमा परे पनि नयाँ वर्ष २०८१ सालको उपलक्ष्यमा सबैमा शुभकामना ।

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।
सर्वे भद्राणी पश्यन्तु माकश्चिद् दुःखभाग्भवेत्। ।
सम्पूर्ण प्राणी सौख्य पाऊन् रोगादि सबका पनि जाइजाउन् ।
सब् प्राणीले मंगल मात्र देखून्, कोही पनि दुःख नपाउने हुन् ।
२०८०/१२/२७ गते ओ३म् हरये नमः ।।


प्रतिक्रिया दिनुहोस्