विहिबार एकैदिन २ हजार ४ सयले बढ्यो सुन

काठमाण्डौ । विहिबार सुनचाँदीको भाउ फेरी बढेको छ ।
बुधुबार एकैदिन ६ हजार २ सयले घटेको सुन आज तोलामा २ हजार ४ सय रुपैयाँ बढेर तोलाको ९७ हजार ८ सय रुपैयाँ पुगेकोनेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ८५ रुपैयाँ बढेर तोलाको एक हजार २ सय ९५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।
सुन चाँदीको भाउ केही दिन देखि घटबढ भइरहेको छ ।