काठमाडौं । नेपाली अलैँचीको माग अन्तर्राष्ट्रिय बजारमा बढ्दो छ । माग बढेपछि नेपालबाट यसको निकासीमा पनि बढोत्तरी देखिएको छ । तीन महिनामा करिब करिब २ अर्बको अलैँची नेपालबाट निर्यात भएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि असोज मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।