२५ भदौ २०८३, बिहिबार

बैंक

नबिल बैंकले घोषणा गर्‍यो १२.५० प्रतिशत नगद लाभांश

काठमाडौँ । नबिल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको शुक्रवार बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट सेयर धनीहरूलाई हाल कायम चुक्ता पुँजीको १२.५० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो। बैंकले आफ्ना सेयर धनीहरूलाई प्रतिकित्ता १२.५० रुपैयाँ (करसहित) वितरण गर्ने भएको हो।