काठमाडौं । अधिकांश लघुवित्तको खराब कर्जा नियन्त्रण भन्दा बाहिर देखिएको छ । दुई दर्जन बढी कम्पनीको खराब कर्जा राष्ट्र बैंकले तोकेको सीमा भन्दा माथि छ । हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ५० वटा लघुवित्त कम्पनी सूचीकृत छन् । ती कम्पनीहरुको औसत खराब कर्जा ६.८६ प्रतिशत पुगेको छ ।