काठमाडौ । मानुषि लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफामा छलाङ आएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा लघुवित्तको खुद नाफा १०१.९२ प्रतिशतले बढेर २ करोड ४० लाख ३६ हजार रुपैयाँ आर्जन गरेको छ