काठमाडौँ । अमेरिकाको न्यूयोर्कमा मुख्यालय भएको र संसारका १६३ देशमा आफ्ना पाठक रहेको दाबी गर्ने म्यागेजिन ग्लोबल फाइनान्सले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई विश्वकै न्यून स्तरका गभर्नरमध्ये एक भएको प्रतिवेदन सार्वजनिक गरिदिएको छ । उक्त प्रतिवेदनले छिमेकी मुलुक भारतका गभर्नर भने संसारकै दोस्रो उत्कृष्ठ गभर्नर भएको जनाएको छ ।