काठमाडौँ । निष्कृय कर्जाको व्यवस्थापन गर्ने सवालमा स्ट्याण्डर्ड चार्टर्ड, सिद्धार्थ, सानिमा, ग्लोबल आईएमई र नबिल बैंक सबैभन्दा उत्कृष्ठ हालतमा देखिएका छन् । उनीहरुको खुद निष्कृय कर्जा १ प्रतिशतभन्दा कम छ । यी बैंकले केही नियामकीय छुटहरुको उपयोग गरेको र अधिक मात्रामा प्रोभिजन (जोखिम बापतको व्यवस्था) राखेका कारण यस्तो देखिएको हो