काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका संचालक मोहन चापागाईको राजिनामा स्वीकृत भएको छ । सर्वसाधारण सेयरधनीको तर्फबाट संचालक रहेका चापागाईले पदबाट दिएको राजिनामा स्वीकृत भएको हो । उनको राजिनामा कात्तिक ११ गते बसेको संचालक समितिले स्वीकृत गरेको बैंकले जनाएको छ ।