काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा ब्याज छुट दिने भएको छ । कम्पनीले साउन मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेका (पूर्ण ब्यतित भएका) बीमालेखहरूमा ब्याज छुट दिने भएको हो । कम्पनीले भदौ १८ गतेदखि असोज २३ गतेभित्र पुर्नजागरण गराउने बीमितहरूलाई लाग्ने ब्याजदरमा दिने जनाएको छ ।