७ कार्तिक २०८३, शनिबार

पूर्वाधार

एकतर्फी रुपमा खुल्यो बीपी राजमार्ग, दुई लेन डाइभर्सन बनाइदैँ

काठमाडौं । बीपी राजमार्ग अस्थायी रूपमा एकतर्फी सवारीका लागि सञ्चालनमा आएको छ । गत असोज १७ देखि १९ गतेसम्मको अविरल वर्षाका कारण अवरुद्ध सो राजमार्ग डाइभर्सन बनाएर एकतर्फी रुपमा खुला भएको हो । रोशी खोलाको बाढीले करिब पाँच किलोमिटर सडकको संरचना नै भत्काएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो ।