बीमा « Arthapath.com
८ पुष २०७८, बिहीबार

बीमा

बीमा समितिको सञ्चालकमा रिजाल नियुक्त

काठमाडौं । बीमा समितिको सञ्चालकमा सन्तोष रिजाल नियुक्त भएका छन् । सरकारले उनलाई बीमितहरुको तर्फबाट समितिको सञ्चालकमा नियुक्त गरेका हुन् । समितिको सञ्चालकमा यसअघि राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठ रहेका थिए । उनले पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा सरकारले रिजाललाई सञ्चालकको रुपमा नियुक्त गरेको हो ।