९ श्रावण २०८३, शनिबार

बजार

ग्रामीण क्षेत्रका घर जग्गामा बढ्दै छ आकर्षण, काठमाडौं उपत्यका लगायतका मुख्य सहरमा किन घट्दै छ कारोबार ?

काठमाडौं । भदौमा देशभर ३५ हजार बढी घर जग्गा किनबेच भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कले यस्तो देखाएको हो । भदौमा देशभरका मालपोत कार्यालयबाट ३५ हजार ६८६ वटा घर जग्गा किनबेच भएको छ । तर, मुख्य ठुला सहरमा भन्दा ग्रामीण क्षेत्रमा घर जग्गा किनबेच बढेको छ ।