९ श्रावण २०८३, शनिबार

बजार

दूधदेखि दूधजन्य पदार्थ सबैको मूल्यमा वृद्धि, २ सयले महंगियो घ्यू

काठमाण्डौं । यतिेबेला नेपाली बजारमा दुधको मूल्य ह्यात्तै बढेको छ । बजारमा दूधको मूल्य वृद्धि भएसँगै दूधजन्य पदार्थको पनि भाउ बढेको छ । दूधजन्य पदार्थमा सात रुपैयाँदेखि दुई सय ५० रुपैयाँसम्म बढेको निजी डेरी उद्योगीहरूले बताएका छन् । नयाँ मूल्यअनुसार अब उपभोक्ताले आधा लिटरको प्याकेट दूधको ५० रुपैयाँ तिुर्नपर्छ ।