काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) नर्भिक अस्पताल पुगेका छन् । पार्टीका एक नेताको स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिन सोमबार साँझ प्रचण्ड थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल पुगेका हुन् । माओवादीका नेता कृष्ण केसीको स्वास्थ्य अवस्थाको बारेमा बुझ्न प्रचण्ड स्वकीय सचिव(छोरी) गंगा दाहालसहित अस्पताल पुगेका थिए ।