हेटौंडा । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले लकडाउनका कारण अलपत्र परेका मजदुरको निरन्तर उद्धार भइरहेको जनाउनुभएको छ । आफू मजदुरको पक्षमा लडेको र निरन्तर लडिरहने जनाउँदै उहाँले अनेकन बाधाका बीच पनि मजदुरको व्यवस्थापनमा रातदिन नभनी जुट्दा समेत केही सञ्चारमाध्यमले आफूलाई सुविधाभोगीको बिल्ला भिराउन खोजेकामा चिन्ता प्रकट