काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दाशानायाकेले राजीनामा दिएका छन् । पुबुदुले बुधबार पत्रकार सम्मेलन गरी व्यक्तिगत कारण देखाउदै राजीनामा दिएका हुन् । पछिल्लो पटक नेपाल लगातार पराजित भएपछि प्रशिक्षक पुबुदु दबाबमा थिए । लिग टु मा नेपालले पछिल्ला दुई सिरिजमा अपेक्षाकृत प्रदर्शन गर्न सकेको थिएन ।