काठमाडौं उपत्यकामा तीन वटा कार्यालयले जारी गरेको जोर–बिजोर प्रणाली लागुबारे समीक्षा गर्ने भएका छन् । कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न काठमाडौं उपत्यकामा प्रशासन कार्यालयले जोर–बिजोर प्रणाली लागु गरेको थियो । त्यसले सवारी साधनको चाप घटाए पनि सार्वजनिक सवारी साधनमा यात्रुहरूको भीडभाड भएको गुनासोहरू आएका भन्दै समिक्षा गर्ने भएका छन् ।