काठमाडौं । सुनको मूल्य नेपाली बजारमा बुधबार तोलामा ४०० रुपैयाँले बढ्दा चाँदीको भाउ भने स्थीर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य तोलाको ९४ हजार ४०० रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य पनि ४०० रुपैयाँले बढेर ९३ हजार ९०० रुपैयाँ पुगेको छ ।