काठमाडौं । सर्वोत्तम सिमेन्टको शेयर प्रकरणमा आरोपित अध्यक्ष भीष्मराज ढुंगानालाई तत्काल निलम्बन गरी छानबिन थाल्न नेपाल धितोपत्र बोर्डको आधिकारिक कर्मचारी युनियनले माग गरेको छ । कर्मचारी युनियनले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै बोर्ड अध्यक्षको इमानदारी, कानूनी प्रावधान, आचारसंहिता अनुसार गम्भीर नैतिक पतन देखिएको भन्दै बोर्डको गरिमालाई आँच आउन नदिन आरोपित