काठमाडौं । उद्योगी व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिने ऋणको व्याजालई मिनाहा गर्न नसकिने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए । दैनिक उद्योगी व्यवसायीले व्याज मिनाहाको गर्न माग गरेको भएपनि तत्कालको लागि यो कार्यान्वयन गर्न नसकिने मंगलबार अर्थ समितिको बैठकमा आगामी मौद्रिक नीति सम्बन्धी छलफलमा अधिकारीले यस्तो बताए ।