काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार दुर्घटना भएको सौर्य एयरको जहाजमा १८ नेपालीसहित एक विदेशी नागरिक रहेको प्रहरीले जनाएको छ । बुधबार बिहान ११:११ बजे काठमाडौंबाट पोखराको लागि उडेको सौर्य एयरलाइन्सको सीआरजे सेभेन (९एनएएमई) जहाज उड्ने बित्तिकै दाहिने तिर मोडिएर रनवेको पूर्वतर्फ दुर्घटनाग्रस्त भएको थियो । विमानमा १९ यात्रु सवार