समाचार « Arthapath.com
१९ असार २०८३, शुक्रबार

समाचार

कैद मिनाहा गर्ने निर्णय बदरलगत्तै रिगल पक्राउ

काठमाडौँ। योगराज ढकाल ‘रिगल’ पक्राउ परेका छन् । सर्वोच्च अदालतले कैद मिनाहा दिने सरकारको निर्णय बदर गरेसँगै प्रहरीले रिगललाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले रिगललाई पक्राउ गरेको जनाइएको छ । अदालतले उनलाई बाँकी रहेको ११ वर्ष ११ महिना ११ दिन थुनामा राख्न आदेश दिएको थियो ।