काठमाडौं । आज अर्थात साउन ११ गते बसेको राष्ट्रिय सभा बैठकबाट मिटरब्याजीलाई कारबाही गर्नेसम्बन्धी विधेयक पुनः पारित भएको छ । अब राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयकले कानुनको रुप लिन्छ र कार्यान्वयनमा आउनेछ । विधेयक पारित भएसँगै अब मिटरब्याजीलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना गर्ने बाटो खुलेको छ ।