काठमाडौं । प्राइम, गुराँस र यूनियन लाइफ इन्स्योरेन्स एक आपसमा मर्ज बन्न लागेको नयाँ कम्पनीको लोगो सार्वजनिक भएको छ । हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट व्यवसायिक कारोबार थालनी गर्न लागेको कम्पनीले नयाँ लोगो सार्वजनिक गरेको हो । यी तीन कम्पनीले आगामी बैंशाख अन्तिमदेखि नै एकीकृत कारोबार गर्ने तयारीमा छन् ।