काठमाडौं । आज लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । कम्पनीले यो वर्ष आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सोही प्रस्ताव पारित गर्न कम्पनीले आगामी असार ३० गते साधारण सभा बोलाएको छ