काठमाडौं । नेपाल धितोपत्र बोर्डले तेह्रथुम पावर कम्पनी लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । धितोपत्र बोर्डले असार १० गते बिहीबार कम्पनीलाई १२ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासनको अनुमति दिएको हो । अब तेह्रथुम पावरले स्थानीय र सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल १२ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ