काठमाडौं । अन्तरिक्षमा ८४१ दिन रहेर पृथ्वीलाई १३ हजार ४५६ फन्को मारेपछि नेपालको पहिलो स्याटेलाइट इरानको आकाशमा पुगेर खरानी भएको छ । ‘नेपालीस्याट १’ नाम दिइएको उक्त नानो स्याटेलाइट हिजो दिउँसो ४ः२६ बजे अन्तिम पटक ‘ट्याक’ भएको थियो । त्यसबेला यो सानो स्याटेलाइट इरान, इराक, कुवेत र पर्सियन खाडीको संगमस्थल