एकसे रावललाई पुडेन्सियल इन्स्योरेन्सले सीईओ बनाउने गरी भित्र्यायो, लुम्बिनीका डेपुटी सीईओ विकेको राजिनामा « Arthapath.com
२ कार्तिक २०७८, मंगलवार

एकसे रावललाई पुडेन्सियल इन्स्योरेन्सले सीईओ बनाउने गरी भित्र्यायो, लुम्बिनीका डेपुटी सीईओ विकेको राजिनामा



काठमाडौँ । सगरमाथा इन्स्योरेन्स कम्पनीको डेपुटी सीईओ रहेका श्रवणकुमार (एकसे) रावलले राजीनामा दिएका छन् । रावललाई कात्तिक १ गते देखीनै पुडेन्सियल इन्स्योरेन्सले सिनियर डेपुटी सीईओमा नियुक्त गरेको छ । लुम्बिनी जनरल इन्स्योरेन्सका डेपुटी सीईओ विके श्रेष्ठले १ महिना अवधी बाँकी छँदै राजिनामा दिएका छन् । श्रेष्ठले भाद्र ३० गतेनै राजीनामा दिएका हुन् ।

एकसे रावल कात्तिक १ गते नै पुडेन्सियल इन्स्योरेन्सको सिनियर डेपुटी सीईओमा नियुक्त भएर कार्य सुरु गरेको कम्पनीका डेपुटी सीईओ उज्ज्वल ढुङ्गानाले बताए । भोलि कात्तिक ३ गते बस्ने सञ्चालक समिति बैठकले रावललाई सीईओमा नियुक्त गर्न स्वीकृतीको लागी बीमा समितिमा पठाउनेछ। 

बीमा क्षेत्रमा ३५ वर्ष अनुभव संगालेका रावलले ओरिण्टल इन्स्योरेन्सबाट बीमाको करिअर सुरु गरेका हुन् । नेको इन्स्योरेन्समा २२ वर्ष काम गरेका रावल ४ वर्षअघि सगरमाथा इन्स्योरेन्सको डेपुटी सीईओ बनेका थिए । 

पुडेन्सियल इन्स्योरेन्सका सीईओ रहेका विके महर्जनको कार्यकाल ३ महिना बाँकी छँदै सञ्चालक समितिको प्रेसरमा राजीनामा दिएका थिए । उनको कार्यकाल आगामी पुससम्म रहेको थियो । विके महर्जन ६ महिनापछि नेपाल इन्स्योरेन्सको सीईओ बन्ने पक्कापक्की भएको छ । 


उता लुम्बिनी जनरल इन्स्योरेन्सको डेपुटी सीईओ विके श्रेष्ठको करार अवधि सकिएको छ । श्रेष्ठ कात्तिक १ गतेदेखीनै बिदा बसेका छन् ।

लुम्बिनी इन्स्योरेन्समा सीईओ एनपी प्रधान सीईओ रहेका छन् । डेपुटी सीईओ विके श्रेष्ठले १ महिना अवधी बाँकी छँदै राजिनामा दिएका हुन् । लुम्बिनीमा हाल रमेशकुमार भट्टराई डेपुटी सीईओ रहेका छन् । गत चैत्रमा लुम्बिनीका डेपुटी सीईओ रामचन्द्र श्रेष्ठ र विके श्रेष्ठ दुवै जनरल इन्स्योरेन्स कम्पनीको सीईओको दौडमा थिए । सो दौडमा श्रेष्ठले बाजी मारे, जनरल इन्स्योरेन्सको सीईओमा गत जेठमै रामचन्द्र नियुक्त भैसकेका छन् ।  

Tags :

प्रतिक्रिया दिनुहोस्