प्राइम लाइफ इन्स्योरेन्सको सञ्चालकमा प्रमिला र रेशम नियुक्त « Arthapath.com
३ मंसिर २०७८, शुक्रबार

प्राइम लाइफ इन्स्योरेन्सको सञ्चालकमा प्रमिला र रेशम नियुक्त



काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिमा २ जना नियुक्त भएका छन् । कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालकमा २ जना नियुक्त गरेको हो । कम्पनीको समितिले सञ्चालकमा प्रमिला केसी थापा र रेशम थापालाई नियुक्त गरेको हो ।

नवनियुक्त सञ्चालक प्रमिला केसी थापा संस्थापक सेयरधनीको तर्फको प्रतिनिधित्व गर्ने छिन् । त्यस्तै, भने सञ्चालक रेशम थापा कम्पनीको स्वतन्त्र सञ्चालक पदमा नियुक्त भएका हुन् । सञ्चालक केसी थापा र थापाले मंसिर ३ गते अर्थात आजदेखि नै आफ्नो जिम्मेवारी सम्हालेका छन् ।


प्रतिक्रिया दिनुहोस्