किन्ने होइन त ‘रेडमी १०’ २०२२ ? अफर स्वरुप घटायो मूल्य « Arthapath.com
३ जेष्ठ २०८०, बुधबार

किन्ने होइन त ‘रेडमी १०’ २०२२ ? अफर स्वरुप घटायो मूल्य



काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेडमी १० २०२२ नेपाली प्रयोगकर्ताहरूका लागि जेठ २ देखि जेठ १७ सम्मको सिमित अवधिका लागि छुट मूल्यमा उपलब्ध गराउने भएको छ । आफ्ना उपभोक्ताहरुलाई सुपथ मुल्यमा गुणस्तरीय फोनको अनुभवप्रदान गर्ने उद्धेश्यले रेडमी १० २०२२ मा अफर स्वरुप मुल्य घटाएको कम्पनीले जानकारी दिएके छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाले भने,“ग्राहकहरूले सुपथमूल्यमा उच्च–गुणस्तरको स्मार्टफोनहरू चाहेको कुरा हामीले राम्रो संग बुझेका छौं र हामी विश्वस्त छौं कि रेडमी १० २०२२ को प्रभावशाली सुविधाहरू र कार्यसम्पादनका साथ ग्राहकको अपेक्षाहरू पूरा गर्न गर्नेछ ।”

रेडमी१० २०२२ यसको उत्कृष्ट प्रदर्शन, आकर्षक डिजाइन र बलियो सुविधाहरूको लागिव्यापक रूपमाप्रशंसा गरिएको छ। यो स्मार्टफोनमा ६.५ इन्चको एफएचडी प्लस डिस्प्ले रहेको छ,जसले प्रयोगकर्ताहरूलाई गेम, भिडियो र मल्टिमिडिया सामग्रीका लागि इमर्सिभ एक्सपेरिऐक्स अनुभव प्रदान गर्दछ ।

रेडमी १० २०२२ तीन रङ सेतो, कार्बन ग्रे, सी ब्लूमा उपलब्ध रहेको छ । यो 4GB+64GB / 6GB+128GB गरि दुई भेरियन्टमा उपलब्ध रहेको छ । रेडमी १० २०२२ 4GB + 64GB- २० हजार ४९९ रहेको र छुट पछिको मूल्य १९ हजार ९९९ रहेको छ ।

रेडमी १० २०२२ 6GB+128GB- २३ हजार ९९९ र छुट मूल्य २२ हजार ९९९ रहेको छ । रेडमी १० २०२२ देशभरका सबै अधिकृत स्टोरहरू, आधिकारिक खुद्राविक्रेताहरू र इ–कमर्स प्लेटफर्महरूमा उपलब्ध रहेको र छुट मूल्य जेठ २ देखि जेठ १७ सम्म मात्र उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्