क्रिस्टल डाइग्नोस्टिकमा आइएमई पे मार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट « Arthapath.com
४ जेष्ठ २०८०, बिहीबार

क्रिस्टल डाइग्नोस्टिकमा आइएमई पे मार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट



काठमाडौं । आइएमई पे र सिनामंगल स्थित क्रिस्टल डाइग्नोस्टिक बीच भुक्तानी छुट साझेदारी सम्झौता भएको छ । सम्झौताअनुसार, क्रिस्टल डाइग्नोस्टिकमा आइएमई पे मार्फत भुक्तानीगर्दा फ्ल्याट १५ प्रतिशत छुट प्राप्त गर्न सक्ने ।

सम्झौता अन्तर्गत ग्राहकवर्गलाई आफ्नो स्वास्थ्य सम्बन्धी क्रिस्टल डाइग्नोस्टिकको कुनै पनि सेवाप्रयोग गरी आइएमई पे मार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त हुने छ । पहिलो चरणमा छ महिनाको लागि गरिएको यस सम्झौता मार्फत ग्राहकहरुले क्रिस्टल डाइग्नोस्टिकको आउटसोर्सिङ टेस्ट र अल्ट्रासाउन्ड सेवाबाहेक अरु सबै सेवामा छुट प्राप्त गर्न सक्ने कम्पनीले जानकारी र्दिको छ ।


प्रतिक्रिया दिनुहोस्