अर्थतन्त्रमा निजी क्षेत्रको योगदानबारेको अध्ययन प्रतिवेदन सार्वजनिक « Arthapath.com
४ जेष्ठ २०८०, बिहीबार

अर्थतन्त्रमा निजी क्षेत्रको योगदानबारेको अध्ययन प्रतिवेदन सार्वजनिक



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अर्थतन्त्रमा निजी क्षेत्रको योगदानबारेको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । बिहिबार एक कार्यक्रमका बिच उधोग तथा वाणिज्य मन्त्री रमेश रिजालले उक्त प्रतिवेदन सार्वजनिक गरेका हुन ।नेपालमा पहिलोपटक अर्थतन्त्रमा निजी क्षेत्रको योगदानबारेको अध्ययन प्रतिवेदन सार्वजनिक भएको हो ।

अन्तराष्ट्रिय वित्त निगमका सदस्य मुलुकहरुमा पनि यस्तो प्रकारको प्रतिवेदन हालसम्म तयार नभएको र यो महासंघ र निगमका लागि गर्वको रहेको महासंघका अध्यक्ष चन्द्र ढकालले बताए ।

निजी क्षेत्रको सम्मानको विषय शुरुदेखि नै उठाइरहेका । तर निजी क्षेत्र किन सम्मानित हुनुपर्छ भन्ने ठोस आधार प्रतिवेदनले उल्लेख गरेको ढकालले बताएका छन् । यसमा निजी क्षेत्रमैत्री नीतिगत र व्यवहारिक बिषयहरुलाई सम्बोधन गर्नु पर्ने आवश्यकता पनि देखाएको छ ।


प्रतिक्रिया दिनुहोस्