आइएमई पेको स्मार्ट क्युआरमार्फत बिगमार्टमा सामान खरिद गर्दा १० प्रतिशत छुट « Arthapath.com
५ जेष्ठ २०८०, शुक्रबार

आइएमई पेको स्मार्ट क्युआरमार्फत बिगमार्टमा सामान खरिद गर्दा १० प्रतिशत छुट



काठमाडौं । आइएमई पेले बिगमार्ट, चितवनसँग सम्झौता गरी अफर सार्वजनिक गरेको छ। “ह्यप्पीशपिङ याट् बिगमार्ट”नामक सो अफरको पहिलो चरण अन्तर्गत ग्राहकवर्गलाई जेठ महिना भरी बिगमार्टमा कुनै पनि सामान खरिद गर्दा आइएमई पेको स्मार्ट क्युआर स्क्यान मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्तहुनेछ ।

सो छुट अन्तर्गत ग्राहकवर्गले प्रत्येक कारोबारमा १०० रुपैयाँ सम्म छुट पाउन सक्ने छन् र सो छुट प्रत्येक ग्राहकले अफर अवधी भरी ५ पटक सम्म पाउने कम्पनीले जानकारी दिएको छ ।

अफरको दोश्रो चरण असार १ देखी साउन ३२ सम्म रहने छ। सो अवधीमा आइएमई पेले चितवन बिगमार्टमा राखिने एक्टिभेसन बुथमा आइएमई पेको खाता सुचारु गर्नका साथै ग्राहकवर्गलाई विभिन्न किसिमका गेमहरु खेलाइने छ र आकर्षक उपहारहरु पनि प्रदान गर्ने कम्पनीले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्