एनएमबि लघुवित्तको बजेट योजना तथा व्यवसायिक रणनीतिक कार्यशाला सम्पन्न « Arthapath.com
७ जेष्ठ २०८०, आईतवार

एनएमबि लघुवित्तको बजेट योजना तथा व्यवसायिक रणनीतिक कार्यशाला सम्पन्न



काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले प्रादेशिक स्तरिय २ दिने बजेट योजना तथा व्यवसायिक रणनीतिक कार्यशाला २०८०/८१ पोखराको लेकसाईड स्थित टिका रिसोर्टमा आयोजना भएको छ ।

कार्यशालामा संस्थाको तर्फवाट प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डे, नायव प्रमुख कार्यकारी अधिकृत बिरु राम जैशी, केन्द्रीय कार्यालयवाट सवै विभागिय प्रमुखहरु तथा विभागमा आवद्ध कर्मचारीहरु, ७ वटै प्रदेशका प्रादेशिक कार्यालयका प्रादेशिक प्रमुख र प्रादेशिक कार्यालय अन्तगर्तका क्षेत्रीय स्टेशनमा कार्यरत क्षेत्रीय प्रवन्धकहरुको करिव ४५ जना कर्मचारीहरुको सहभागिता रहेको थियो । वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डेले कार्यक्रमको उद्घाटन गर्दै २ दिने कार्यशालाको उदेश्य र महत्वबारे सहभागीलाई जानकारी गराएका थिए ।

जेठ ५ गते देखि ६ गते सम्म आयोजित यस कार्यशालामा ७ वटै प्रदेशका प्रादेशिक कार्यालय र सो अन्तगर्तका क्षेत्रीय स्टेशनहरुको लक्ष्य÷प्रगति, भावि योजना, अनुभव आदानप्रदान, आर्थिक वर्ष २०७९/०८० असार मसान्तको प्रोजेक्सन र आगामी आर्थिक वर्ष २०८०/०८१ को रणनीति तथा लक्ष्य निर्धारण, शाखा व्यवस्थापन, शाखा संचालन व्यवस्थापनमा प्रादेशिक प्रमुख, क्षेत्रीय प्रवन्धकको भूमिका, शाखा अनुगमन, व्यवसायिक रणनीति/ कृषिमा आधारित नयाँ कर्जा प्रोडक्ट सम्वन्धि विषय, ग्राहक पहिचान तथा बचत खाता व्यबस्थापन, भाखा नाघेको कर्जा व्यवस्थापन, जनशक्ति व्यवस्थापन, लघुवित्त संचालनका क्रममा आइपरेका समस्याको समाधान, कर्जा लगानी व्यवस्थापन, निरिक्षणका क्रममा देखिएका कैफियतहरु र ग्राहक सदस्यहरुसंग गर्ने व्यवसायिक व्यवहार र सम्बन्ध लगायत समसामयिक विषयवस्तुमा विभागिय प्रमुखवाट प्रशिक्षण दिईएको थियो ।

साथै संस्थाको नायव प्रमुख कार्यकारी अधिकृत बिरु राम जैशीवाट नियामक निकायवाट जारी निर्देशन, भावि योजना रणनीति तथा अन्य समसामयिक विषयमा उत्प्रेरित गदै कर्मचारीहरुलाई मार्गनिर्देशन गरेका थिए । वित्तीय संस्थाका प्रमुखकार्यकारी अधिकृत आनन्द पाण्डेले कार्यशालामा सहभागी सवैलाई आवश्यक उत्प्रेरणा र मार्ग निर्देशन सहित कार्यशालाको समापन गरेको कम्पनीले जानकारी दिएको छ ।

यस वित्तीय संस्थाले पोखरा महानगरपालिका वडा नं.२५ हेम्जा कास्कीमा केन्द्रीयकार्यालय स्थापनागरि ६८ जिल्लामा १४८ वटा शाखा उपशाखा र ७ वटै प्रदेशमा प्रादेशिक कार्यालय विस्तार गरी करिब एक लाख विस हजार विपन्न घरपरिवारलाई लघुवित्त सेवा प्रदान गदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्