कुमारी क्यापिटलद्धारा डिम्याट खाता नविकरण गर्ने आग्रह « Arthapath.com
२३ जेष्ठ २०८०, मंगलवार

कुमारी क्यापिटलद्धारा डिम्याट खाता नविकरण गर्ने आग्रह



काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले हितग्राही (डिम्याट) खाता नविकरण शुल्क बुझाउन अनुरोध गरेको छ ।

कुमारी क्यापिटल तथा कुमारी बैंक (साविकको नेपाल क्रेडिट एण्ड कमर्श बैंक) का शाखा कार्यालयहरु मार्फत डिम्याट खाता खोली आफ्नो धितोपत्र कारोबार गरी रहेका हितग्राहीलाई नविकरण मार्फतको १०० रुपैयाँ बुझाउन भनेको हो ।

असार मसान्तभित्र वार्षिक नविकरण शुल्क नबुझाएको खण्डमा खाता रोक्का राख्ने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्