आइएमईको रेमिटेन्स सचेतना प्रभातफेरी कार्यक्रम सम्पन्न « Arthapath.com
२८ जेष्ठ २०८०, आईतवार

आइएमईको रेमिटेन्स सचेतना प्रभातफेरी कार्यक्रम सम्पन्न



काठमाडौं । आइएमई लिमिटेडले आफ्नो स्थपनाको २२ वर्ष पुरा गरी २३औँ वर्ष परिवेशको अवसरमा शनिबार बिहान प्रभातफेरीको आयोजना गरेको छ ।

निरन्तर सहयात्रा विश्वासको भन्ने मुल नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रम कम्पनीको केन्द्रीय कार्यलय पानीपोखरीबाट सुरु भएर लाजिम्पाट, लैनचौर, उत्तरढोका, नागपोखरी, दरबारमार्ग केन्द्रीय कार्यालयमा आएर समापन गरिएको थियो ।

डिजिटल रेमिटेन्सको प्रबद्र्घन तथा रेमिटेन्स गर्दा औपचारिक माध्यमको प्रयोग सम्बन्धी सचेतना जगाउने उद्देश्यले प्रभातफेरीको आयोजना गरेको कम्पनीले जनाएको छ । आइएमई गु्रपमा अध्यक्ष चन्द्र प्रसाद ढकाल तथा प्रबन्ध निर्देशक हेम राज ढकालको नेतृत्वमा गरिएको प्रभातफेरिमा “सुरक्षित रेमिटेन्स, सुरक्षित भविष्य“, रेमिटेन्स गर्दा डिजिटल माध्यमको प्रयोग गरौं लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका ४०० भन्दा बढि कर्मचारीहरुको सभागिता रहेको थियो।

प्रभातफेरिमा चर्चित कलाकार तथा आइएमईका ब्राण्ड एम्बेसडर दिपकाराज गिरी र दिपाश्री निरौला पनि सहभागी रहेका थिए । सो अवसरमा अध्यक्ष ढकालले आइएमईलाई सबैभन्दा धेरै रेमिटेन्स भित्रयाउने कम्पनी बनाउन महत्वपुर्ण योगदान गर्नसम्पुर्ण सेवाग्राहीहरु, नियामक निकायहरु तथा कर्मचारीहरुलाई कृतज्ञता व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस्